ads

चरित्रहत्या – भाग 1

सिरानी मुनीबाट मोबाइल करायो। सुमनले निन्द्रामै फोन उठायो।
‘अझै सुतिर’को?’
‘अँ…’
‘जावलाखेल आउन एकछिनमा!’, सम्झनाको मधुर स्वरले उसको निन्द्रा हरायो।
‘हुन्छ। आइहाले।’
सुमन साह्रै सोझो केटो हो। त्यसैले त २१ वर्ष पुग्दा समेत उसका गर्लफ्रेन्ड हुन सकेनन्। केटो ह्याण्डसम छ, पढ्न पनि राम्रो छ। कुरा जानेको छ। वस् केटी पट्याउन जान्दैन।
केटीले बोलाउँदा उ नजाने कुरै भएन। हिरो भएर जावलाखेल पुग्यो।
बेकरी क्याफेको साइडमा उभिएको छ। घरी मोबाइल हेर्छ त घरी उ आउने बाटो। उसले धेरै बेर पर्खनु परेन।
कालो वानपिस लगाएर उसकी प्रियसी आइपुगि। उसको होस उड्यो। सायद लाजले होला, उसको निधारमा नशा राता भए।
girl
सम्झनाको यो अवतार उसले कल्पना पनि गरेको थिइन। जिउडाल मिलेकी सम्झना यो वानपिसमा निकै पुष्टिएकी देखिइ।
उसका गोरा पाखुरा र तिघ्रा निर्वश्त्र थिए। ठूला छाती र पुठा वस्त्रले छोप्न नसक्ने थियो।
‘हाइ’
‘हाइ’
‘कति बेर कुर्यौ।’
‘एकै छिन।’
‘म कस्तो देखिएकी छु।’
उसले हास्दै आफुतिर इशारा गरी।
‘सेक्सी!’, सम्झना लजाएर मुस्काइ।
उनीहरु जु तर्फ बढे। टिकट काटे अनि भित्र छिरे।
खासै भिड थिएन। किनकी बिदाको दिन थिइन।
दुवै जनासंगै हिड्दै थिए। बेला बखत उनीहरुको हात आपसमा ठोक्किन्थ्यो। मन्द गतिमा उनीहरु पोखरीको डिलमा राखिएको एक बेञ्चमा सुस्ताए।
चर्को घामलाई बादलले छेक्यो। बादलको सितल छाहारी मुनी उनीहरु गफिन थाले। न सम्झना न सुमन, दुवैलाई एकअर्को बाहेक अन्य केहीको ख्याल थिइन। उनीहरु आपसमा लिप्त भए।
उनीहरु टाँसिएर बसेका थिए। सम्झनाको तातो साँप्रा सुमनले महसुस गर्थ्यो। अनि उनको बासनामा लठ्ठिएको थियो। सम्झना एक्साइटेड भएर बोल्दा उसका स्तन छचल्किन्थे। सुमन भित्र भित्र तात्थ्यो।
महिनौ दिन देखि आपसमा चिनजान भएपनि आज बल्ल उनीहरु समिप भएका थिए। सायद कमै मात्र जोडी यसरी नटाँसिइकन नजिकिन सक्छन्। कमसेकम यो जोडीलाई भने शारिरीक सामिप्यता आवश्यक रहेछ।
घण्टौं पश्चात उनीहरु जु बाट निस्किए। गाडी चढेर बानेश्वर पुगे। शानदार रेस्टुरेन्टमा छिरेर उनीहरुले संगै खाजा खाए।
आफ्नो कोठामा फर्किदा सुमन निकै खुसी देखिन्थ्यो।
….
उनीहरु बीच फोन बढ्न थाल्यो। फेसबुकमा रातभरी च्याट हुन थाल्यो।
‘म सिनामंगल आउँदै छु। तिम्रो रुम कहाँ नेर हो?’, एकदिन सम्झनाले दिउँसो फोन गरेर भनी।
‘केएमसी हस्पिटल नेर।’
‘ए, ल म २०-२५ मिनेटमा त्यहाँ आएर फोन गर्छु।’
केही बेरमा उसले फोन गरी। सुमन लिन गयो। १०-१५ मिनेटमा उनीहरु कोठामा आइपुगे।
सम्झना खाटमा बसी। उ पनि खाटमा बस्यो। अनि उनीहरु गफिन थाले।
कलेजका गफ, साथीहरुका गफ हुँदै उसले आफ्नो विगत भन्न थाली।
‘मेरो एउटा ब्याइफ्रेन्ड थियो, कपिल भन्ने । ९ कक्षामा पढ्थेँ। हामी स्कुल संगै जान्थ्यौं। घरमा संगै पढ्थ्यौ। एक दिन उसले मलाई प्रपोज गर्यो। मेरो दिदीले यो कुरा थाहा पाउनु भयो। हाम्रो जात मिल्थेन। विवाह गर्न मिल्दैन भनेर दिदीले भनेपछि मैले त्यो कुरा उसलाई सुनाए। उ रिसायो। बिस्तारै उ टाढा टाढा हुँदै गयो। अनि १० कक्षामा उसले स्कुल चेन्ज गर्यो।
‘तिमीले मलाई क्यारेक्टर नभएकी केटी भनेर त सोचेको छैनौ नि?’
‘छैन, तिमीले विश्वास गरेर सेयर गर्दै छौ। अनि के भयो।’
‘एसएलसी दिएपछि म काठमाडौं आए। म बस्ने फ्याल्टमा एउटा केटा पनि बस्थ्यो। उसले मलाई जिस्काउँथ्यो।’
सुमन भित्र भित्रै त्यो केटासंग रिसायो। तर सम्झनाको अगाडी रिस पोख्न सक्थेन।
‘अनि तिमीले के गर्यौ।’
‘मैले के गर्ने। म बोल्थे। पछि उ मेरो रुममा आउँथ्यो। मलाई म्याथ सिकाइदिन्थ्यो। केयर गर्थ्यो।’
उ बिचमै रोकिइ। अनि म तिर घोरिइ।
‘मैले तिमीलाई किन सुनाएको होला यी सब। छोड्देउ बितिसकेको कुरा।’
‘हैन केही छैन, म सुन्दै छु, भन्दै जाउ।’
‘उसले एकदिन मलाई प्रपोज गर्यो। मलाई पनि मन पर्न थालेकाले मैले हुन्छ भन्दिए।’
‘अनि?’
‘अनि, एक दिन लगनखेलमा कपिल भेटियो। उ पनि काठमाडौं नै आएको रहेछ।’
‘हो र?’
‘अनि कपिलको कुरा मैले सुरजलाई भने?’
‘सुरज भन्या को?’
‘फ्ल्याटमा संगै बस्ने क्या!’, अप्ठ्यारो मानेर भनी।
‘ए! ए!’
‘रिसाएर उल्टै मलाई पो पिट्यो’
‘कसले?’
‘सुरजले। झन् सबैकुरा क्लिअर भन्नु पर्छ भनेर सेयर गरेर। के मैले सेयर गरेर गल्ती गरे?’
‘होइन, त्यो त झन् ठिक हो। रिलेसनमा भएपछि भन्नुपनि पर्छ।’
‘उसले बुझेन। मेरो गल्ती रे। म ओपन भए रे। जो केटासंग पनि बोले रे। जसलाई पनि साथी बनाए रे। मेरो नेचर नै यस्तै छ त, अब के म बोल्न पनि बन्द गर्नु?’
उसका आँखा रसाए।
सुमनले हेरिरह्यो।
‘अब तिमीले पनि मलाई त्यस्तै सोच्ने होला। सबै केटाहरु उस्तै हुन।’ उसले आशु पुछी।
अरे बाबा! कुरा सुन्दै छु। कुरा सुन्दा पनि गाली खाइने। सुमनले मनमनै सोच्यो।
‘तिमीले साथी सोचेर सुनाको नि! त्यसरी सोच्दिन म। म त्यस्तो छैन।’
‘दिदीले भन्नुहुन्छ कहिले कहिले, तैले सुमन चाही पाएकै होस्।’
‘हो र!’
उ हाँसी। म हाँसे।
उसले कुराहरु भन्दै गइ। कसरी सुरजसंग रिलेसन अगाडी बढ्यो। अनि ब्रेकअप भयो। अनि कपिलसंग घुम्न गइ। बाइकमा। उससंग रिलेसन अगाडी बढ्यो। ब्रेकअप भयो। उसले बिचबिचमा २-३ जना अरु केटाको पनि नाम लिइ। तर ब्वाइफ्रेन्ड हो भनिन।
सम्झना बेलाबेला आफुलाई चरित्रहिन सोच्यो कि भनेर प्रश्न गर्थी।
साथीलाई सेयर नगरे कसलाई गर्ने, तिमीलाई जज गरेको छैन भन्दै सुमन उसलाई प्रतिउत्तर दिन्थ्यो।
घण्टौं गफ चल्दै गयो। उनीहरु खाटमा ढल्किदै गए। उसको कपाल चलाउँदै सम्झनाको गफमा सुमन लठिदै थियो।
सुमनको खुट्टा सम्झनाको तिघ्रा माथी थियो। गफै गफमा उसको एउटा तिघ्रा सम्झनाको तिघ्राहरु बीच च्यापिन पुगेको थियो। उनीहरु हात समातेर गफिएका थिए। सम्झनाको शरीरको न्यानोपनमा सुमन गरम महसुस गर्थ्यो।
अनायासै सम्झनाले सुमनको ओठमा  किस गर्न पुगि। उसको ओठको तातो वाफले सुमन लल्याकलुलुक भयो । मिनेट पनि बितेको थिएन। उसले किस छोडेर रुन थाली।
‘म सधै यस्तै गर्छु। मैले तिमीलाई किन किस गरे ?’, उ रुन थाली।
‘मलाई सुरजले सधै पिट्थ्यो। कपिलको नाममा उसले मलाई सधै गाली गर्थ्यो।’
उसको रुवाइ बढ्दै गयो।
उसको टाउको सुमसुम्याए।
‘नरोउ। ति सबै पास्ट कुरा हुन। २-३ वर्ष पहिलेको कुराले अहिले किन आफैलाई हर्ट गर्ने ? म छु नि’, उसले सुमनलाई अंकमाल गरी। सुमनले जोडले उसलाई च्याप्यो। सम्झनाका ठूला वक्षस्थल सुमनको छातीमा छताछुल्ल भएका थिए।
उसको सुक्क सुक्क कम हुँदै गयो। फेरी बिस्तारै उनीहरु किस गर्न थाले। ओठ चुस्दै अब सुमन सम्झनाको जिब्रो चुस्न थाल्यो। दुवै एक आपसमा हराए।
सम्झना लठ्ठिएर रातो भएकी थिइ। झण्डै आधा घण्टा खाटमा लडिबुडी गर्दै एक अर्काको ओठ र जिब्रो जुसे।
सुमन उत्तेजनाको चरममा पुगेको थियो। उसले सम्झनाको स्तन तर्फ हात बढायो। उसको समातेको मात्र थियो, सम्झनाले हात हटाइ।
केही बेरमा उसले पुनः प्रयास गर्यो, उसले फेरी हात हटाइ।
किस जारी थियो। सुमनले उसको प्यान्ट भित्र हात हाल्न खोज्यो। सम्झनाले त्यो पनि दिइन। अनि उसले फेरी प्रयास गरेर। झण्डै २ घण्टाको किसले उनीहरु लत्रङ्ग परेका थिए। मात्र अंकमाल गर्दै उनीहरु खाटमा पल्टिरहे।
सायद दुवै निदाएका थिए। सम्झनाको मोबाइल बजेपछि दुवै झसंग भएर उठे। उसले फोन काटी ।
उसको गाजल लतपतिएका थिए। ओठमा लिपिस्टिक थिएन। कपाल सबै भताभुङ्ग भएका थिए।
ऐनाको अगाडी उभिएर उसले  आफुलाई तयार गरी।
‘बाइ।’, सुमनलाई किस गरेर सम्झना कोठाबाट बाहिर निस्की। सुमन आफ्नो पहिलो किसले लखतरान भएको शरीरलाई आराम दिदाँ भुसुक्क निदायो।

About Nepal

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment