ads

पोर्न अहिलेसम्म लेखेको छैन कसरी लेख्ने?

यी यौन कथाहरु लेख्ने म नै हुँ। अनि यो हो कि पहिले म पोर्न हेर्ने गर्थे, कहिलेकाहीँ। त्यो कहिलेकाँही बिस्तारै दिनदिनै भयो, अनि एक्लै हुनासाथ हेर्नुपर्ने लत झै हुन थाल्यो। अनि पोर्न निकै हेर्न थालेँ। तर त्यसको मौसम गयो। सुरु भयो लाइभ भिडियो, पोर्न छोडी लाइभ भिडियो पोर्न पनि खुबै हेरे। थुप्रै साइट इन्कग्निटो मोडमा खोलियो, हेरियो। तर यो हालसालै फेरी मौसम फेरीएको छ। यो समयमा मैले पोर्न हेरेको छैन। त्यो लत झै बसेको पोर्न हेर्ने बानी अब पोर्न लेख्नेमा परिणत भएको छ। अनि पोर्न पढ्न थाले, कथा, अनुभव। विस्तारै यो भयो कि एउटा ब्लगनै बनाएर अब आफै पोर्न लेख्न थाले। कुरा यही सकिएको छैन।

पोर्न अहिलेसम्म लेखेको छैन कसरी लेख्ने?

पोर्न अहिलेसम्म लेखेको  छैन, कथा कसरी प्रस्तुत गर्ने? के के भएको थियो लेख्नु? तर कथा त काल्पनिक हुनुपर्यो। हैन वास्तविक लेख्ने हो भने, आफ्नो अनुभव लेख्ने हो। अनुभव लेख्नलाई अनुभव पनि त हुनुपर्यो। किस गरेको छ, सेक्स गरेको छ भने त यौन कथा लेख्न सहज हुन्छ। केटालाई केटी, केटीलाई केटाको बारेमै थाह छैन भने त आफै हस्तमैथुन गरेमात्र हो। तर म त कथा लेख्न बसेको मैले किस गरेको छु, सेक्स गरेको छु, हस्तमैथुन पनि त गरिन्थ्यो। तर कुनै आफ्नो यौन अनुभव लेख्ने हो भने त कथा एउटा मात्र बन्छ। अनि तय गरे, कथा काल्पनिक लेख्दा धेरैवटा कथा लेख्न सकिन्छ।

तर काल्पनिक लेख्ने कसरी?

काल्पनिक लेख्ने तय गरे तर समस्या सुरुमै आयो। कल्पना चाहिँ के गर्ने? कल्पना कसरी गरेर, कल्पना के गरेर, कल्पना कहाँ गरेर, कल्पना किन गरेर, त्यो माथी यौन कथा लेख्नु छ। एउटा पात्र तयार गरे, त्यो पात्रलाई अर्को दोस्रो पात्रसंग कतै मिलाउनु पर्ने वातावरण तय गर्दै केटा र केटीलाई भेटाएँ। एकै ठाउँमा। यी दुईबिच कुराकानी हुन्छ। अनि कुराकानी बढेअनुसार बिस्तारै स्पर्श, किस, सक, फक हुन थाल्छ। अनि कथामा क्लाइमेक्स लेखिन्छ, जसरी सेक्समा हुन्छ। कथा लेखेर सरसरती पढेँ। पछि पढ्दा कतै निकै भल्गर त कतै प्रसङै नमिलेको भएपछि अरु कल्पना गर्न थाले। कथाहरु लेख्दै गए। फरक वातावरण, फरक-फरक पात्र, फरक ठाउँ, फरक चलन, कथामा अनेक फरक ल्याउँदै कथा बन्दै गए। अनि लेख्दै गएको कथामा बिस्तारै भल्गर शब्दहरु हटाउँदै कथा इमोशनल बनाउन, अनि संवाद पनि लेख्न थाले। केटा र केटी पात्रको संवाद लेख्नुपर्ने, जो केही क्षणमा सेक्स गर्दैछन्। कथा सुरु गर्नु अघि वातावरण सेट गर्दा सहज लाग्छ। केटा केटी कसरी भेट्ने, कहाँ भेट्ने, जस्तो कथामा कुनै केटा पात्र काठमाडौमा काम विशेषले ५-६ महिनाको कामको लागि आएको हुन्छ, केटी पात्र काठमाडौंमै हुर्केकी १० वर्ष कान्छी केटी हुन्छे। जस्तो अर्को कथामा केटा पात्र कुनै कोठामा बस्ने हुन्छ, केटी पात्र त्यहि घरमा बस्ने हुन्छे। जस्तो कुनै कथामा केटा पात्र केटी पात्रको ठाउँमा पहिलो पटक त्यहि दिनमात्र गएको हुन्छ। यस्तो फरक फरक परिवेशमा त्यो केटा र केटी बिच के त्यस्तो संवाद लेख्न सकिन्छ ताकि कुरा सेक्ससम्म पुर्याएर यौन कथानै कल्पना गर्न सकियोस्।


फाइदा के त?


सेक्स गरेर फाइदा के हुन्छ? एउटा फाइदा त आफु जस्तै अर्को जन्मने भयो अर्को शरिर रिल्याक्स हुने भयो। यो दुई बाहेक त अरु त केही छैन। चिज नै जोडीको हो। कि त बिहे गर्नु पर्यो, कि अर्काको चेलीबेटीलाई फ्रिमा सम्बन्ध राख्न पाउनु पर्ने कानुन हुनु पर्यो। अब त्यो सम्भव कुरो त भएन। अब बाटोमा देखेका भेटेका केटीहरुलाई पात्र बनाउँदै कहानी लेख्दै, रोचक मजा पो हुन्छ त। यो भन्दा अरु फाइदा खोज्ने हो भने नखोजे हुन्छ, अरु थप फाइदा केही छैन। बाटोमा देखिएका केटीको नाम थाहा हुने कुरो भएन, केटी पात्रको कुनै एउटा नाम सोच्ने, अनि केटा पात्रको कुनै एउटा नाम सोच्ने। अनि केटा पात्र आफु बन्ने अनि केटी पात्रलाई भिजुअलाइज गर्दै सिच्युएशन क्रिएट गर्ने बस् कथा आफ्नै फ्लोमा बग्दै जान्छ। 

About Nepal

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments :

Post a Comment